काठमाडौं– साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ५८५ रुपैयाँ रहेको चाँदी आज घटेर ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ४६ हजार ९ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९०५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया