अपडेट

सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै, आज प्रतितोला कति पुग्यो ?

बुधबार, २४ असार २०८३, ११ : १७

काठमाडौं– साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २८८००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९०० रुपैयाँले घटेर २८७१०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला ४५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार, २४ असार २०८३, ११ : १७

प्रतिक्रिया