पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

बुधबार, २४ असार २०८३, १७ : १७

काठमाडौं- विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएको आरोपमा पक्राउ परेका पौडेलमाथि अनुसन्धान जारी राख्न अदालतले म्याद थप गरेको हो।

यसअघि पनि अदालतले उनीमाथिको अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको थियो।

बुधबार, २४ असार २०८३, १७ : १७

प्रतिक्रिया