अपडेट

आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, २६ असार २०८३, ११ : ०३

काठमाडौं– केही दिनयता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार भने उकालो लागेको छ । चालु साताको पहिलो दिन आइतबारबाटै ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार भने उकालो लागेको हो । 

बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४०० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार २ हजार ४०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको थियो ।

सोमबार ९०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ८९ हजार ४०० रुपैयाँ थियो । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार, २६ असार २०८३, ११ : ०३

प्रतिक्रिया