विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा

आइतबार, २८ असार २०८३, १४ : ०७

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पठाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलभित्र कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको जनाएको छ। प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए।

आइतबार, २८ असार २०८३, १४ : ०७

प्रतिक्रिया