काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नेछिन्।
त्यसैगरी मन्त्री गौतमले न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लोक सेवा आयोगको छैसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०८१ श्रावणदेखि २०८२ असारसम्म) पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा ती प्रतिवेदनहरू संसदमा टेबुल गरिएपछि प्रतिनिधिसभाको थप कार्यसूचीअनुसार अन्य संसदीय प्रक्रिया अघि बढाइनेछ।
प्रतिक्रिया