राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

मंगलबार, ३० असार २०८३, १२ : १७

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलससँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति यादव आजै कतार प्रस्थान गर्न लागेका छन् । उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेका हुन् । उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश दिनेछन् ।

मंगलबार, ३० असार २०८३, १२ : १७

प्रतिक्रिया