करारका कर्मचारीलाई हटाउने तयारीपछि सिंहदरबारमा धर्ना

बुधबार, ३१ असार २०८३, १३ : ३४

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले सिंहदरबारको मुख्य प्रवेशद्वारअघि धर्ना दिएका छन्।

सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

आन्दोलनरत कर्मचारीहरूले आफ्नो सेवाको निरन्तरता र रोजगारीको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न र करार कर्मचारीको भविष्य सुरक्षित हुने गरी स्पष्ट नीति ल्याउन समेत माग गरेका छन्।

धर्नामा सहभागी कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।

बुधबार, ३१ असार २०८३, १३ : ३४

प्रतिक्रिया