काठमाडौं- राजधानीको कीर्तिपुरमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
मंगलबार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार आगो लागेलगत्तै चालकले गाडीबाट बाहिर निस्कन नपाउँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार चालक सिट बेल्ट लगाएकै अवस्थामा गाडीभित्र जलेको अवस्थामा फेला परेका छन्। मृतकको परिचय खुलाउने तथा आगलागीको कारण पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया