काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो। रिमाल बीमा ऐन तथा धितोपत्र सम्बन्धी ऐनअन्तर्गतको कसुरमा फरार रहेका थिए।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउपछि रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया