काठमाडौं–अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कथावाचिका राधिका दासीले सामाजिक सञ्जालमा चरित्र हत्या गरेको जाहेरी दिएपछि साइबर ब्युरोको प्रहरीले जोरपाटीबाट पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको छ ।
बिहीबार उनलाई विद्युतीय कसुरसम्बन्धी उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ ।
आफूलाई धर्मभित्रका गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउँदै आएकी वेदिका केसी पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा थिइन्।
प्रतिक्रिया