काठमाडौं – आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
भन्सार विभागको तथ्यांकका अनुसार, सो अवधिमा आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको भने निर्यात १३.८१ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
आयातको वृद्धि निर्यातभन्दा तीव्र भएकाले व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ।
तथ्यांकअनुसार नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६५ रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको ६.५१ रुपैयाँभन्दा बढी हो। साथै, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा सीमित हुँदा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ।
प्रतिक्रिया