अपडेट

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, ०८ साउन २०८३, ११ : ०९

काठमाडौं– साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २८५२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३१०० रुपैयाँले घटेर २८२१०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला ४२०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार, ०८ साउन २०८३, ११ : ०९

प्रतिक्रिया