२१ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परे लेखा अधिकृत

शुक्रबार, ०८ साउन २०८३, १५ : ०४

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौँ) उद्वव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

शुक्रबार अख्तियारको टोलीले भट्टराईलाई वडा कार्यालयबाटै घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

अख्तियारका अनुसार स्थायी लेखा नम्बर ९प्यान० बन्द गर्न आवश्यक सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा उनलाई रंगेहात नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

शुक्रबार, ०८ साउन २०८३, १५ : ०४

प्रतिक्रिया