डिम्याट र मेरोसेयर नवीकरणको अन्तिम मौका, ढिलाइ गरे कारोबार ठप्प हुने

आइतबार, १० साउन २०८३, १५ : ५१

काठमाडौं- साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नतिरे १६ गतेदेखि खाता रोक्का हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले सूचना जारी गर्दै समयमै शुल्क बुझाउन आग्रह गरेको हो।

डिम्याट खाता रोक्का भएपछि सेयर खरिद–बिक्री तथा हस्तान्तरण गर्न पाइने छैन। यस वर्ष वार्षिक शुल्क बुझाउने म्याद असार मसान्तबाट बढाएर साउन १५ सम्म कायम गरिएको छ। डिम्याट खाताको वार्षिक शुल्क १०० रुपैयाँ र मेरोसेयरको शुल्क ५० रुपैयाँ रहेको छ।

हाल देशभर डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ र सक्रिय मेरोसेयर खाताको संख्या ५१ लाख ४८ हजार ८९४ पुगेको छ।

सीडीएससीका अनुसार मेरोसेयरमा लगइन गरी ‘Renew Account’ विकल्पमार्फत इसेवा, खल्ती, प्रभु पे, आईएमई पे वा कनेक्ट आईपीएसबाट घरमै बसेर अनलाइन शुल्क तिर्न सकिन्छ।

आइतबार, १० साउन २०८३, १५ : ५१

प्रतिक्रिया