आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । इस्वी सन् २०२६ जुलाई २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–चतुर्दशी बेलुकी ५ बजेर ५६ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–पूर्वाषाढा, दिउँसो १ बजेर ५७ मिनेट उप्रान्त उत्तराषाढा । योग–विष्कुम्भ, रातको १ बजेर १२ मिनेट उप्रान्त प्रिती । करण–वणिज, बेलुकी ५ बजेर ५६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–धनु ,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ४२ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शरीर कमजोर हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरी हाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरूकै काममा समय व्यातित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धिमा दिन व्यातित हुने सम्भावना रहेको छ । तर पनि माया प्रेमको गाँठो कसिलो हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ । सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा सहपाठीहरूलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच विश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा मामा पक्षबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले मनग्गे धन आर्जन गर्ने समय रहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरू सम्पादन हुँदा मन प्रसन्न रहनेछ । आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आट साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थि काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । उद्योग, शेयर बजार तथा उत्पादन मूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ शेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरपरिवार तथा समाजमा तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठी हरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापार र शेयर बजारमा लगानी बढाइँ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ ।
प्रतिक्रिया