काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
मंगलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख भएको डा भट्टराईका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सककाअनुसार उनको भित्री कानमा समस्या देखिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेको छ ।
प्रतिक्रिया