वैदेशिक व्यापार

भटमासको तेल बन्यो नेपालको सबैभन्दा बढी निर्यातजन्य वस्तु, एक वर्षमै १ खर्ब २८ अर्बको कारोबार

बुधबार, १३ साउन २०८३, १३ : १६

काठमाडौं– नेपालको वैदेशिक व्यापारमा भटमासको तेलले यस वर्ष सबैभन्दा ठूलो निर्यातजन्य वस्तुको रूपमा आफ्नो स्थान थप मजबुत बनाएको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२र८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ।

यो रकम नेपालको कुल वस्तु निर्यातको करिब ४० प्रतिशत बराबर हो, जसले भटमासको तेललाई देशको प्रमुख निर्यात वस्तुको रूपमा स्थापित गरेको छ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले ५ लाख ९३ हजार ८ सय २३ मेट्रिक टन भटमासको तेल निर्यात गरेको छ। नेपालमा प्रशोधन गरिएको यो तेल मुख्य रूपमा भारतीय बजारमा निर्यात हुने गरेको छ।

नेपालले तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गरी स्वदेशमै प्रशोधन गरेर भारततर्फ पुनः निर्यात गर्ने अभ्यास गर्दै आएको छ। यसबाट विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुगिरहेको छ भने औद्योगिक गतिविधिलाई समेत टेवा मिलेको छ।

विगतका वर्षहरूको तथ्यांकले भने भटमासको तेल निर्यातमा ठूलो उतारचढाव देखाउँछ। आर्थिक वर्ष २०७५र७६ मा केवल २ अर्ब ३४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। त्यसपछि २०७७र७८ मा निर्यात ह्वात्तै बढेर ५३ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो।

पछि भारतको आयात नीतिमा आएको परिवर्तनका कारण केही वर्ष निर्यातमा गिरावट देखिए पनि आर्थिक वर्ष २०८२र८३ मा पुनः उल्लेखनीय वृद्धि हुँदै १ खर्ब २८ अर्ब रुपैयाँको नयाँ उचाइमा पुगेको छ। यसले नेपालको पुनःनिर्यात ९च्भ(भहउयचत० आधारित व्यापारमा भटमासको तेलको भूमिका अझ बलियो बनेको संकेत गरेको छ।

बुधबार, १३ साउन २०८३, १३ : १६

प्रतिक्रिया