दक्षिण कोरिया जाने तयारीमा रहेकाका लागि राहत, राहदानी आवेदन अवधि थप

विहीबार, १४ साउन २०८३, १४ : २१

काठमाडौं- राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी साउन १८ गतेसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ।

विभागले बिहीबार सूचना जारी गर्दै सार्वजनिक बिदा परेका शनिबार र आइतबारसमेत अनलाइन आवेदन फाराम खुला रहने जनाएको हो।

विभागका अनुसार वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद थप गरेपछि त्यसलाई मध्यनजर गर्दै राहदानी आवेदन फाराम भर्ने अवधि पनि साउन १८ गतेसम्म कायम गरिएको हो।

विभागले आवेदन फाराम भरिसकेका सेवाग्राहीलाई फाराममा उल्लेख भएको मिति र समयमा विभागमा उपस्थित भई राहदानी सेवा लिन आग्रह गरेको छ।

विहीबार, १४ साउन २०८३, १४ : २१

प्रतिक्रिया