दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

शुक्रबार, १५ साउन २०८३, १३ : ४६

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दूरसञ्चारसम्बन्धी कसुरको आरोपमा बिहीबार राति ललितपुरको धापाखेलबाट उनलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार भण्डारीलाई दूरसञ्चारसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार, १५ साउन २०८३, १३ : ४६

प्रतिक्रिया