काठमाडौं- विशेष अदालतले पासपोर्ट छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा मुछिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।
अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले शुक्रबार थापालाई बिना धरौटी साधारण तारिखमा छाड्न आदेश दिएको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राहदानी खरिदमा भ्रष्टाचार भएको आरोपमा १८ जनाविरुद्ध मुद्दा दायर गर्दै १० अर्ब १३ करोड ४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको थियो। मुद्दामा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित कर्मचारी, कम्पनी तथा विदेशी नागरिकहरू प्रतिवादी छन्।
प्रतिक्रिया