काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, ललितपुरका तीन नासु सहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ ।
अख्तियारले गएराती ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो । उनीहरुसँगै लेखापढी व्यवसायीहरु शैलेन्द्र रानामगर र समिर कटवाल समेत पक्राउ परेका छन् ।
जग्गाको बकसपत्र गराउने काममा दुस्ख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । अख्तियारले उनीहरुसँग घुस बाहेक स्रोत नखुलेको २५ हजार रुपैयाँ पनि बरामद भएको जनाएको छ । उनीहरु एक होटलबाट पक्राउ परेका हुन् ।
प्रतिक्रिया