आईपीओ दर्ता प्रक्रिया अघि बढाउने तयारीमा साप्सु कालिका हाईड्रोपावर

सोमबार, १८ साउन २०८३, ११ : १७

काठमाडौं- साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिन आगामी भदौ ९ गते नवौँ वार्षिक साधारण सभा बोलाएको हो।

साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ९ गते बिहान १० बजेदेखि काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ।

सभामा कम्पनीको आईपीओ निष्कासन प्रस्तावलाई निरन्तरता दिने, आवश्यक परिमार्जनसहित धितोपत्र बोर्डमा दर्ता गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ।

यस्तै, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी योजना अनुमोदन गर्ने, कम्पनी गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रस्तावमाथि निर्णय गर्ने कार्यक्रम पनि रहेको छ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा अन्य नियमित प्रस्तावहरू पनि सभाबाट पारित गरिने कम्पनीले जनाएको छ।

सोमबार, १८ साउन २०८३, ११ : १७

प्रतिक्रिया