आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार । इस्वी सन् २०२६ अगस्ट ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि– नवमी, दिउसो १ बजेर २३ मिनेट उप्रान्त दशमी । नक्षत्र–कृतिका, बेलुकी ४ बजेर ४२ मिनेट उप्रान्त रोहिणी । योग–वृद्धि, बिहान ११ बजेर १० मिनेट उप्रान्त ध्रुव । करण–गर, दिउसो १ बजेर २३ मिनेट उप्रान्त वणिज, रातको १२ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–वृष । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी १२ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तर पनि बिलासी सामान वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मन जाने छैन । वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । तर पनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गर्न सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदी बहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमन्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तर पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायमा वा शेयर बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ । अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा बिलासी वस्तु प्राप्तिको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार कमै हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाढिएर टाढाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमूलक क्षेत्रको कामहरू थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढी नै समय खर्चनु पर्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उद्योग तथा शेयर बजारमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।
प्रतिक्रिया