ब्रोड पिक हिमालमा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

शुक्रबार, २२ साउन २०८३, १३ : ३४

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शुक्रबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ।

साउन १४ गते आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका गुरुङको पार्थिव शरीर बिहीबार साँझ कतार एअरवेजको विमानमार्फत नेपाल ल्याइएको थियो।

अन्तिम श्रद्धाञ्जलीका क्रममा गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेलले गुरुङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले पनि पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।

ब्रोड पिक आरोहणका क्रममा भएको दुर्घटनामा ज्यान गुमाएका गुरुङको निधनले नेपालको पर्वतारोहण क्षेत्रले एक अनुभवी र साहसी आरोही गुमाएको भन्दै विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ।

शुक्रबार, २२ साउन २०८३, १३ : ३४

प्रतिक्रिया