हेटौंडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु

शुक्रबार, २२ साउन २०८३, १४ : ५६

बागमती– हेटौंडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र  हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ ।
 
पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ मा विंसं २०८३  घोषण गर्ने गरी नीतिगत निर्णय भएकाले आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो । 

पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत संघसंस्था र विभिन्न कार्यालयमा बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म कार्यालय परिसरमा सरसफाइ गरी महाअभियान सुरु गरिएको वन, वातावारण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले बताए ।
 

शुक्रबार, २२ साउन २०८३, १४ : ५६

प्रतिक्रिया