आज प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट्दै

आइतबार, २४ साउन २०८३, ११ : ४१

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।  प्रधानमन्त्री शाहले सोमबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवलाई सोमबार बिहान ११ बजे भेट्ने तय भएको छ । 

त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए । गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। 

उनी विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा थिए । तर, पछिल्लो पटक प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई एक्लाएक्लै भेट्न लागेका हुन् । 

आइतबार, २४ साउन २०८३, ११ : ४१

प्रतिक्रिया