टिकटकले स्मार्टफोन ल्याउने

शुक्रबार, १७ साउन २०७६, १६ : ०८

एजेन्सी– लोकप्रिय एप्लीकेशन  ‘टिकटक’को कम्पनीले स्मार्टफोन ल्‍याउने भएको छ ।

चीनको आर्थिक पत्रिका क्याजिङका अनुसार बाइटडान्सले आफ्नो नयाँ स्मार्टफोन सात महिनाभित्रै सार्वजनिक गर्न सक्‍ने बताइएको छ।

टिकटक करीब ५० करोड मानिसले प्रयोग गरिरहेको सामाजिक सञ्‍जाल मिडिया एप हो। जसमा १५ सेकेण्डको भिडियो पोस्ट गर्ने गरिन्छ। 

टिकटको डेभलपर बाइटडान्सले मोबाइल एपको कमाइले स्मार्टफोन समेत ल्‍याउने निर्णय गरेको बताए । 

शुक्रबार, १७ साउन २०७६, १६ : ०८

प्रतिक्रिया