समयमै मल नपाउँदा किसान समस्यामा, प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

सोमबार, २५ साउन २०८३, १३ : ४४

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत किसानले सहज रूपमा रासायनिक मल पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मधेशसहित देशका विभिन्न भागमा मलको सहज आपूर्ति हुन नसक्दा किसान समस्यामा परेको उनले बताएका छन् । उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म सहज रूपमा पुग्न नसकेको उनको भनाइ छ ।

प्रचण्डले रासायनिक मलको आयात प्रक्रिया तत्काल पूरा गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समयमै तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गरी किसानलाई सहज र पारदर्शी रूपमा मल वितरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

सोमबार, २५ साउन २०८३, १३ : ४४

प्रतिक्रिया