भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु

मंगलबार, २६ साउन २०८३, १० : ४८

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नेपालकै ठूलो अटो प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको उद्घाटन आज बिहान नेपाल प्रहरी क्लबस्थित ब्लु पभिलियन अडिटोरियम हलमा भएको हो । 

साउन २६ देखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनी तथा ब्रान्डका नयाँ तथा विद्युतीय सवारीसाधन, प्रविधि र उत्पादनहरू प्रदर्शनमा राखिनेछन्।

६ दिनसम्म चल्ने एक्स्पोले नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन तथा मोबिलिटी क्षेत्रका पछिल्ला विकासबारे जानकारी लिन उपभोक्तालाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मंगलबार, २६ साउन २०८३, १० : ४८

प्रतिक्रिया