काठमाडौं- जाजरकोटमा मंगलबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि १८ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्पमा परी डेढ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।
त्यस्तै, २२ चैत २०८१ मा पनि जाजरकोटको रोकायगाउँ केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रतिक्रिया