काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताइन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको खाद्य आपूर्तिसम्बन्धी छलफलमा मन्त्री गौरीकुमारीले हाल गुगल फारममार्फत ग्यासको विवरण सार्वजनिक गर्न थालिएको जानकारी दिइन् ।
उनले साउन २८ गतेदेखि सिंहदरबारमा खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागिएको पनि बताइन् ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरे । उनका अनुसार मंगलबार मात्रै १३४ ग्यास बुलेट नेपाल भित्रिएका छन् भने साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएका छन्।
प्रतिक्रिया