थबाङमा पहिरो जाँदा दुई जनाको मृत्यु

विहीबार, २८ साउन २०८३, ०९ : ०१

काठमाडौं -  रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा अविरल वर्षाका कारण पहिरो जाँदा घर र गोठ पुरिँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । 

 जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय  कमलबहादुर पुन मगर छन् । 

घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।  

साउन २७ गते दिउँसोदेखि परेको वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारार्थ स्वास्थ्य संस्थामा पठाइएको छ । 

विहीबार, २८ साउन २०८३, ०९ : ०१

प्रतिक्रिया