रोल्पा बोटलबारा पहिरो अपडेटः १० जना बेपत्ता, खोजी जारी

विहीबार, २८ साउन २०८३, ११ : ३९

रोल्पा– यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । 

थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ । 

पहिरामा परेका  ६ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ ।  घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए ।  आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी  जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।  

उनले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताए । लिलाराज बुढा/रासस

विहीबार, २८ साउन २०८३, ११ : ३९

प्रतिक्रिया