काठमाडौं- नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदमा २८० जनाका लागि दरखास्त आह्वान गरेको छ। खुलातर्फ १४६ तथा महिला, आदिवासीरजनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र सैनिकका सन्ततिका लागि समावेशी कोटामा पद छुट्याइएको छ।
कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिन सक्नेछन्। कक्षा १२ उत्तीर्ण उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको तथा स्नातक उत्तीर्णको २४ वर्ष ननाघेको हुनुपर्नेछ।
नियमित दस्तुरमा साउन २९ देखि भदौ १८ गतेसम्म र दोब्बर दस्तुरमा भदौ १९ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ। दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ।
छनोट प्रक्रियामा शारीरिक, लिखित, गुणमापक परीक्षा र अन्तर्वार्ता रहने सेनाले जनाएको छ।

प्रतिक्रिया