नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

आइतबार, ३१ साउन २०८३, १० : ५६

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाबाट भरतजंग पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

साधारणसभाबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा दीकी शेर्पा र सह–कोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन्।

नेपालको पर्यटन क्षेत्रको सबैभन्दा पुरानो तथा प्रमुख संस्थाका रूपमा रहेको नाट्टाले लामो समयदेखि पर्यटन तथा भ्रमण व्यवसायको विकास, प्रवर्द्धन र व्यवसायीको हकहितका क्षेत्रमा काम गर्दै आएको छ।

नवनिर्वाचित कार्यसमितिले नेपालको पर्यटन उद्योगलाई थप व्यवस्थित, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने, पर्यटन व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने तथा पर्यटन क्षेत्रका समसामयिक चुनौतीलाई सम्बोधन गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विशेषगरी पर्यटन प्रवर्द्धन, पर्यटक आगमन वृद्धि, भ्रमण व्यवसायको विस्तार तथा व्यवसायीमैत्री नीति निर्माणका लागि नयाँ नेतृत्वले सरकार र सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने विश्वास पर्यटन व्यवसायीहरूले गरेका छन्।

आइतबार, ३१ साउन २०८३, १० : ५६

प्रतिक्रिया