आईपीओ निकाल्न चार कम्पनी सेबोनमा, ८३ करोड रुपैयाँ जुटाउने तयारी

मंगलबार, ०२ भदौ २०८३, १५ : ३४

काठमाडौं- मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

चार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८३ लाख २ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन्। यसबाट ८३ करोड २ लाख ५० हजार रुपैयाँ जुटाउने तयारी छ।

मकरीगाडले २२ लाख २७ हजार ५००, कालिञ्चोक इन्भेष्टमेन्टले २४ लाख, इन्द्रेणी मसरुम फार्मले ८ लाख ७५ हजार र मध्यपुर अस्पतालले २८ लाख कित्ता आईपीओका लागि आवेदन दिएका छन्।

तर सेबोनले पछिल्लो समय नयाँ आईपीओको स्वीकृति प्रक्रिया अघि बढाएको छैन। त्यसैले यी कम्पनीको आईपीओ स्वीकृति बोर्डको आगामी नीतिगत निर्णयमा निर्भर रहनेछ।

मंगलबार, ०२ भदौ २०८३, १५ : ३४

प्रतिक्रिया