वि.सं.२०८३ साल भाद्र ३ गते । बुधबार । ईश्वी सन् २०२६ अगष्ट १९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–सप्तमी, बेलुकी ८ बजेर ३१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–स्वाती, बिहान ९ बजेर १८ मिनेट उप्रान्त विशाखा । योग– शुक्ल, बिहान ६ बजेर ५३ मिनेट उप्रान्त ब्रह्म ।
करण–गर, बिहान ७ बजेर ५७ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर ३१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३६ मिनेट । दिनमान ३२ घडी ३० पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउँदै व्यापार वा शेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नाले मन उत्साहित हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । नसोचेको धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । कार्यक्षेत्रमा तपाईँको काम देखेर सबैजना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको गतिलो समर्थन पाइनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोत फराकिलो पार्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शैक्षिक तथा कर्म प्राप्तिको लागि लामो दुरीको यात्राको तय गर्न सकिनेछ । विदेशी सामानको व्यापारमा वृद्धि भएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय तथा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिने तथा अध्ययनको लगावले आर्थिक तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । तरपनि स्वास्थ्यमा समस्या आई कर्जा बढ्ने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवस्यक्ता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा शेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार, सेयर बजार तथा उद्योगमा लगानी गर्ने समय रहेको छ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्या केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अग्रज, आफन्त तथा दिदी बहिनीबाट आर्थिक सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खोजमूलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । पढाइ लेखाइकै सवालमा देश विदेशको यात्रा हुनेछ । मन्दिर तथा धार्मिक स्थलको यात्रा गरी धर्म कमाउन सकिनेछ । दिन दुःखीको सेवामा समय खर्च हुने योग रहेको छ ।
प्रतिक्रिया