न्यू फेमिली गर्ल्स होस्टललाई ३ लाख जरिवाना र सिलबन्दी

बुधबार, ०३ भदौ २०८३, १३ : १०

काठमाडौं- काठमाडौंको बालकुमारीस्थित न्यू फेमिली गर्ल्स होस्टललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा सरसफाइ र खाद्य सामग्रीको व्यवस्थापनमा लापरबाही भेटिएपछि होस्टल सिलबन्दीसमेत गरिएको प्रहरीले जनाएको छ।

होस्टलमा खुवाइएको खानामा किरा भेटिएपछि छात्राले असन्तुष्टि जनाउँदा सञ्चालकले दुर्व्यवहार तथा धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

गुनासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कमजोरी भेटिएपछि जरिवाना र सिलबन्दी गरिएको हो।

बुधबार, ०३ भदौ २०८३, १३ : १०

प्रतिक्रिया