काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।
यसअघि राष्ट्रिय वाणिज्य बैंकमै डेपुटी सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।
सिइओ नियुक्तिका लागि बैंकले आवेदन माग गरेपछि २० जनाले आवेदन दिएका थिए । सिइओ छनोट उपसमितिको आइतबार बसेको बैठकले आवेदकमध्ये नेपाल बैंकका पूर्वसिइओ कृष्णबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीसहित चार जनाको नाम सिफारिस गरेको थियो ।
सोही प्रक्रियाका आधारमा सञ्चालक समितिले खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
प्रतिक्रिया