काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले NADA Auto SHow २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन् ।
बैंकले यस योजना अन्तर्गत Base Rate + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो। NADA Auto SHow २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुन बैंकले जनाएको छ।
प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
यसैगरी विज्ञप्तिमा भनिएको छ, बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। NADA Auto SHow २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन्।
प्रतिक्रिया