आज बिहीबार कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशिफल

विहीबार, ११ भदौ २०८३, ०६ : ३०

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल भाद्र ११ गते । बिहीबार । इस्वी सन् २०२६ अगस्ट २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–चतुर्दशी, बिहान ८  बजेर ३१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–धनिष्ठा, रातको २ बजेर ५७ मिनेट उप्रान्त शतभिषा । योग शोभन, बिहान ९ बजेर ४० मिनेट उप्रान्त अतिगण्ड । करण–वणिज, बिहान ८ बजेर ३१ मिनेट उप्रान्त भद्रा, बेलुकी ८ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर, दिउँसो २ बजेर १५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २८ मिनेट । दिनमान ३१ घडी १ पला ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैतृक धन तथा सम्पत्तिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा लगानी हुनेहरूका लागी कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ । तर पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला,कष्टकर पनि हुन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा राम्रा काम गरी लोकप्रियता कमाउन सकिनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । व्यापार व्यवसायमा थोरै भए पनि आर्जन गर्न सकिनेछ । बाहिरी वातावरण वा स्वास्थ्यको ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान नदिए गन्तव्यमा पुन कठिन हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था कमजोर हुनेछ । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । यात्रा तथा मनोरञ्जनमा कम समय खर्च गर्नुहोला बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि साँझको समयमा धार्मिक यात्रा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । साँझपख गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शत्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई हटाउँदै गर्दै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।  बिलासी सामानको प्रयोग मार्फत अरूको ध्यान तान्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । साँझपख अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । साँझपख  विशिष्ट व्यक्तिबाट सम्मान पाइने योग रहेको छ । यात्रा गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै कामहरू गर्न सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार तथा वित्तीय बजारबाट  नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार तथा उद्योगमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

विहीबार, ११ भदौ २०८३, ०६ : ३०

प्रतिक्रिया