रसुवा बाढीः आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

विहीबार, ११ भदौ २०८३, ०९ : २३

नुवाकोट– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई आज बिहानैदेखि हवाई उद्धार उद्धार थालिएको छ । 

यसका लागि आज बिहान तीन हवाई उद्दार टोली परिचालित भएका छन् । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतसहित अन्य नागरिकको उद्धार गर्न   हेलिकप्टर पठाइएको छ । साथै आवश्यक चिकित्सक टोलीसहित सुरक्षाकर्मीहरुको मोबाइल सेटहरु जेनेरेटरसहित लिएर धुन्चेका लागि टोली परिचालित भएको छ । 

आज बिहान उच्चस्तरीय बैठक नेपाली सेना, श्री १ सैन्य तालिम केन्द्र त्रिशूलीमा सम्पन्न भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री यहाँका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको बैठकले उद्दार कार्यलाई पहिलो प्राथमिकता राख्ने निर्णय गरेको थियो । 

बाढी प्रभावित क्षेत्रमा मानिसहरु अड्किरहेको र उद्दार गर्नुपर्ने भन्ने खबर प्राप्त भइरहेका छन् । त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनको टेनेलमा अड्केर बसेका तीन जनाको उद्धार गरेर श्री नं १ तालिम केन्द्र नुवाकोट ल्याइएको छ । 

बैठकले उद्दारसँगै राहतलाई थप प्रभावकारी बनाउन र अवरुद्ध दूरसञ्चार खुलाउन सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिए । उद्धारसँगै राहत वितरणलाई पनि प्राथमिकता दिने प्रजिअ रेग्मीले बताए ।  
 

विहीबार, ११ भदौ २०८३, ०९ : २३

प्रतिक्रिया