आजको पञ्चाङ्ग
वि।सं।२०८३ साल भाद्र १२ गते । शुक्रबार । इस्वी सन् २०२६ अगस्ट २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–पूर्णिमा, बिहान ९ बजेर १६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–शतभिषा, रातको ३ बजेर ५८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–अतिगण्ड, बिहान ९ बजेर १४ मिनेट उप्रान्त सुकर्मा । करण–बव, बिहान ९ बजेर १६ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर २७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ५७ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा अग्रजबाट सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । धर्मसँग सम्बन्धित सामानको व्यापार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागी आफन्तबाट आवश्यक कामहरू हुनेछन् ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार तथा उद्योगमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । प्राकृतिक प्रकोप तथा निम्न आए भएका मानिसलाई सहयोग गर्न पाउँदा मन प्रसन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तर पनि नाफामूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ । सामाजिक तथा कल्याणकारी काममा मन जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा मनमुटाब बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै व्यापारबाट आम्दानी हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय खर्च नगर्नु नै राम्रो रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू जस्तै व्यापार तथा उद्योगको लगानी स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई
सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवार तथा आफन्तहरूमा स्वास्थ्य समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । र, पनि कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले मन प्रफुल्लित हुनेछ । साना तथा ठुला लगानीकर्ताको लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने खानपान, मनोरञ्जन तथा भेटघाटमा समय व्यातित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोल्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । र, पनि साङ्गीतिक क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय शुभ रहेको छ भने यात्रा हुने योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । उद्योग तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागी भने समय फलदायी रहनेछ । काम वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । विपत् तथा अन्यायमा परेको मानिसहरूलाई सहयोग गर्न पाउँदा मन प्रसन्न हुनेछ ।
प्रतिक्रिया