रसुवा बाढीपीडितका लागि नेकपाद्वारा २५ लाख सहयोग गर्ने निर्णय

आइतबार, १४ भदौ २०८३, १० : ३९

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

पार्टीले तत्काल २५ लाख रुपैयाँ नगद कोषमा जम्मा गर्नुका साथै बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने र पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद तथा राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको हो।

बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै पार्टीले संकटको समयमा नागरिकको जीवनरक्षा, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र हातेमालो आवश्यक रहेको जनाएको छ।

आइतबार, १४ भदौ २०८३, १० : ३९

प्रतिक्रिया