अपडेट

कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

आइतबार, १४ भदौ २०८३, १५ : ००

काठमाडौं– धादिङको कृष्णभीरमा भीषण सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका छन् । सडकको अवस्था पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल एकतर्फी यातायातसमेत सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

सडक विभाग र प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

आइतबार, १४ भदौ २०८३, १५ : ००

प्रतिक्रिया