हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल

सोमबार, १५ भदौ २०८३, १५ : ५६

काठमाडौं– हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल चयन भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले डा. अर्याललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।

डा. अर्याल संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै हिमालयन बैंकको सञ्चालक समितिमा प्रवेश गरेका हुन् । नेपाल सरकारको उच्च प्रशासनिक पद मुख्यसचिवबाट अवकाश प्राप्त गरेपछि उनले बैंकको नेतृत्व सम्हाल्न लागेका हुन् ।

नवनियुक्त अध्यक्ष डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बालुवाटारस्थित गभर्नरको कार्यालयमा आयोजित विशेष समारोहमा गभर्नर पौडेलसमक्ष उनले शपथ लिएका हुन् ।

बैंकका अनुसार डा. अर्यालको अध्यक्ष पदमा नियुक्ति भदौ १४ गतेदेखि नै लागू हुने गरी गरिएको छ । बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले अर्याललाई अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।

सोमबार, १५ भदौ २०८३, १५ : ५६

प्रतिक्रिया