काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ।
बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत वितरण र प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
यसअघि रास्वपा सभापति रवि लामिछानेले भोटेकोशीमा बाढी आएको दोस्रो दिन अर्थात् भदौ ११ गते पनि सर्वदलीय बैठक बोलाएका थिए। उक्त बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो।
तर, सो बैठकबाट गरिएको निर्णयअनुसार संयुक्त संयन्त्र गठन तथा परिचालनको काम भने अहिलेसम्म प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन। यही विषयमा समेत आजको बैठकमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया