काठमाडौं- नेपाल बीमा प्राधिकरणले रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री विपद् कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्राधिकरणले सोमबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो। विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि बीमा क्षेत्रबाट प्रधानमन्त्री विपद् कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ। यसअघि नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, मेट लाइफ, प्रभु महालक्ष्मी लाइफलगायत बीमा कम्पनीहरूले समेत कोषमा आर्थिक सहयोग गरिसकेका छन्।
प्रतिक्रिया