काठमाडौं - पहिलो र दोस्रो विश्वयुद्धमा नै नेपालीहरु विदेशीभूमिमा लड्न गएका थिएन । त्यतिबेला प्रायः जसो नेपालीहरु बेलायती सेनामा भर्ति भएर युद्धमा होमिएका थिए । सुगौली सन्धिपछि त्यो क्रम झन बढेर गयो । अहिले कैयौं नेपालीहरु रुस - युक्रेन युद्धमा सामेल भएका छन् । नेपालीहरु रुसी सेनामा भर्ति भएका छन् । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै रुसले विभिन्न देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् । उनले नेपालसहित ४७ देशका नागरिक रुसी सेनाग जोडिएको बताएका हुन् । यद्यपि, उनले नाम लिनुको कारण भने भदौ दशको बाढीको विपद् भने होइन । रुसले सेनामा प्रयोग गरिरहेको नेपाली नागरिकको विषय उनले महासभामा उठाएका हुन् ।
उनले नेपाललाई पनि जोड्दै रुसले विभिन्न देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् । बुधबार न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले नेपालसहित ४७ देशका नागरिक रुसी सेनासँग जोडिएको बताएका हुन् । सँगसँगै उनले यी देशका सरकारलाई आफ्ना नागरिकलाई युद्धको मैदानमा पुग्नबाट रोक्न आग्रह गरे ।
जेलेन्स्कीले आफ्नो सम्बोधनमा भने, ‘हामीलाई थाहा छ, रुसले आफ्नो युद्धमा ४७ देशका नागरिक प्रयोग गरिरहेको छ । घाना, नेपाल, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान, दक्षिण अफ्रिका र अन्य धेरै ।’ यसरी उनले उच्चारण गरेका देशमध्ये दोस्रो नम्बरमै नेपालको नाम लिएका हुन् ।
उनका अनुसार युक्रेनले युद्धका क्रममा विभिन्न देशका नागरिकलाई युद्धबन्दीका रूपमा समेत फेला पारेको छ । उनले केही विदेशी नागरिकहरू ‘छल र प्रलोभन’ मार्फत रुस पुगेको दाबी गरे । जेलेन्स्कीले भने, ‘हामी युद्धको मैदानमा गैररुसी नागरिकहरू मरिरहेको पनि देख्छौँ । उनीहरू तपाईंहरूका देशका मानिस हुन्, ४७ देशका नागरिक हुन्, जो छल र प्रलोभनमार्फत रुस पुगेका छन् ।’
नेपाली नागरिकहरु यसरी सिधै ज्यानको बाजी थापेर रुसी सेनामा जानुको कारण देशमा रोजगारी नपाइनु र चरमा आर्थिक समस्या नै हो भन्ने कुरा सरकारले कहिले महशुस गर्ने हो ? नयाँ सरकार आएपछि त विदेशमा भएका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने घोषणा नै गरिएको थियो । तर सरकार बनेको ६ महिना बित्नलाग्दा पनि नेपालीहरु विदेशिने क्रम पहिले भन्दा बढेर गएको छ ।
प्रतिक्रिया